निरंकुशता विरुध्द बाेल्दा कृष्ण सेनलाई निर्ममतापुर्वक यातना दिएर यसरी हत्या गरियाे

192

काठमाडाैं –  आज पत्रकार तथा साहित्यकार कृष्ण सेन ईच्छुक स्मृति दिवस । स्वर्गीय ईच्छुकलाई २०५९ साल जेष्ठ १३ गते आजकै दिन पुलिस क्लबमा निर्ममतापुर्वक यातना दिएर हत्या गरिएको थियो ।

१८ बर्ष अघि पक्राउ गरेर लगे पछि सुरक्षाफाैजले माओवादीका नाममा यातना दिएर उनको हत्या गरेको थियो ।

कृष्ण सेन इच्छुकको महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिन नगर प्रहरी प्रमुख बिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर हत्या गरेका थिए । सेन हत्याको १८ बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन । हत्यारालाई कार्वाही हुन सकेको छैन ।

निष्ठा र आदर्शको लागि राजनीति तथा पत्रकारिता गरेका सेन आज राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै जनवादी आस्थाका केन्द्र बन्न पुगेका छन् । पटक–पटक प्रतिक्रियावादीका जेल र हिरासतमा बसेका सेन आफ्नो आदर्श जस्तै सादा जीवन जिउने गर्थे ।
वि.सं. २०१३ माभारतको देहरादुनमा जन्मिएका कृष्ण सेन इच्छुक तत्कालिन जनदिशा दैनिकका प्रधान सम्पादक थिए । सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । सामान्य लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशितहुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार र साहित्यकार मात्र नभएर शिक्षक, र सचेत राजनीतिकर्मी पनि थए । उनी एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धाको रुपमा चिनिन्छन् ।

मूलतः सेन नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहे । परिणामतः उनको काव्यव्यक्तित्व खुम्चिएन, त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशकलामो काव्ययात्रामा इच्छुकले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान गरेका छन् ।

यसैबीच, यस वर्ष इच्छुककाे स्मृतिमा कुनै औपचारिक कार्यक्रमगरिने छैनन् ।विश्वभर फैलिएकाे काेराेना महामारी राेकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि लकडाउन जारी रहेका कारण सबैले इन्छुकलाइ सम्झना गरेर अनाैपचारीक रूपमा स्मृती दिवश मनाउदैछन् ।

को हुन सेन ?

कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए । इच्छुक नेपालको प्रगतिवादी साहित्यिक र सांस्कृतिक आन्दोलनमा समर्पित व्यक्तित्व थिए । शब्द र कर्मबीचको एकत्व उनको जीवनको एक महत्वपूर्ण र अनुकरणीय पक्ष थियो । उनले आफूले आत्मसात गरेको आदर्शका निम्ति आफ्नो जीवनको बलिदान दिए ।

वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्मिएका सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । जलुके दाङ जिल्लाको पुरानो शहर भालुवाङको नजिकै रहेको छ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । उनका बुबा भारतीय सेनामा जागिरे थिए । उनको ६ वर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बितेको थियो ।

सानैदेखि भावुक, गम्भीर, संवेदनशील र कल्पनाशील इच्छुकले वाल्य परिवेशमै समाजमा ठूलाठालु, शोषक, फटाहा, धनीमानीका धाकधम्की र रवाफ साथै उनीहरूले गरिबमाथि गर्ने अन्याय, अत्याचार र शोषणलाई नजिकैबाट हेर्ने मौका पाए । जसले गर्दा उनको बाल मस्तिष्कमा विद्रोह र न्यायको पक्षमा आवाज उठाउने चेतनाको जरा गाडिन पुग्यो ।

सामान्य लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार र साहित्यकार मात्र होइन शिक्षक, र सचेत राजनीतिकर्मी पनि थिए । उनी एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धा थिए । मूलतः उनी नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहे । उनी आफ्नो व्यक्तित्वको यस प्रमुख पक्षप्रति सधैँ सचेत पनि आफ्नो व्यक्तित्वको विविधता प्रति सधैँ सचेत रहे । परिणामतः उनको काव्य व्यक्तित्व खुम्चिएन, त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशक लामो काव्य यात्रामा इच्छुकले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान गरेका छन् ।

कृष्णसेनको विवाह २०४८ सालमा तक्मा केसीसँग भएको थियो र उनीहरुको कोखबाट छोरी समीक्षाको जन्म भएको थियो । सेनको स्मृतिमा इच्छुक सांस्कृतिक प्रतिष्ठानको स्थापना भएको छ। प्रतिष्ठानले इच्छुक स्मृति पुरस्कार तथा इच्छुक प्रतिभा पुरस्कार स्थापना गरेको छ। जनवादी साहित्य र कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्या्उने व्यक्तित्वलाई प्रदान गरिने भनिएको यी पुरस्कार हरूको पुरस्कार राशि क्रमश एक लाख रूपैयाँ र २५ हजार रूपैयाँ रहेको छ।

यसरी गरिएको थियो सेनको हत्या
महेन्द्र पुलिस क्लबको जुडो हलछेउ माथिल्लो घरको पहिलो तल्लाको भिआइपी कोठामा २०५९ जेठ १३ गतेका दिन बिहान ११ बजे डोरीले पछाडी हात बाँधेर सेनलाई लडाइएको थियो । उनी वरिपरि सैनिकबर्दी लगाएका चारजना उभिएका थिए । बर्दीधारी मध्येको एक जनाले उनलाई यो देश कस्को हो भनेर सोधेको प्रश्नमा सेनले यो जनताको देश हो भनेर जवाफ दिएका थिए ।

तत्कालै बर्दीधारी प्रश्नकर्ता उनीमाथि जाइलागेको थियो । जनताको होइन यो देश राजाको हो भन्दै उसले सेनको निधारमा मुक्कामाथि मुक्का बर्षाएको थियो । तँ पनि ठकुरी, राजा पनि ठकुरी र म पनि ठकुरी । बर्दीधारीले भयंकर अट्टहास गर्दै भनेको थियो । ठकुरी राजाको विरुद्धमा लाग्ने तँ को होस् ।

नेपाल प्रहरीको तत्कालिन डिआइजी अमरसिंह शाहले चरम यातना दिएर सेनको हत्या गरेको आज १५ बर्ष पुग्दैछ ।
२०५९ सालको जेठ ६ गते काठमाडौंको नयाँ बानेश्वरबाट समातिएका सेनलाई हप्ता दिनसम्म चरम यातना दिएर महेन्द्र पुलिस क्लबमै राखिएको थियो । उनी गिरफ्तारीमा परेको भोलीपल्ट राती २ बजेसम्म सेनलाई अरु सहकर्मी साथीसँगै राखिएको थियो । चरम यातनाका कारण सेनका हातखुट्टा भाँचिइसकेका थिए । उनी उभिन सकिरहेका थिएनन् । त्यस्तो अवस्थामा पनि दुईजना प्रहरीलाई समात्न लगाएर तत्कालिन नगर प्रहरी इन्चार्ज बिक्रम थापाले भित्तामा अड्याँउदै सेनलाई लगातार बुटले हानिरहेको थियो ।

समाचार स्रोतका अनुसार चरम यातनाका कारण जेठ १३ गते बिहान ११ बजे सेनको प्राण गइसकेको थियो । उनको शवलाई बोरामा पोको पारेर सरकारी गाडीको रातो नम्बर प्लेट परिवर्तन गरी सेतो बनाउन लगाएर बा१च ६०१७ नम्बरको सेतो रङको पिकअप भ्यानमा सेनको शव महेन्द्र पुलिस क्लवबाट चुपचाप बाहिर निकालिएको थियो । सई, असईलगायतको एउटा टोलीले सोही दिन रातारात सेनको शव आर्यघाटमा लगेर गुपचुप रुपमा दाहसंस्कार गरेको थियो । नेपाली कांग्रेसका हालका सभापति शेरबहादुर देउवा त्यतिबेलाका प्रधानमन्त्री थिए । महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर ज्यान लिएपश्चात तत्कालिन सरकारका गृह प्रवक्ताले सेनको हुलिया दिएर गोकर्णको जंगलमा दोहोरो भीडन्तमा सेन मारिएको झुटो विज्ञप्ती निकालेका थिए ।

शहिद कृष्ण सेन इच्छुकको संक्षिप्त परिचय :
नाम : कृष्ण सेन ‘इच्छुक’
जन्म : वि.सं. २०१३ कातिक ३
जन्मस्थान : भारतको देहरादुन
आमा : भीमकुमारी सेन
बुबा : यमबहादुर सेन
पत्नी : तक्मा केसी
छोरी : समीक्षा केसी
शिक्षा : बी.एड, एम.ए
आबद्धता :
अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक संघ
संयोजक, अ.ने.रा.स्व.वि.यु. केन्द्रीय समिति
क्षेत्रीय ब्यूरो सदस्य, नेकपा (माओवादी)
केन्द्रीय पार्षद्, प्रगतिशील लेखक संघ, नेपाल
केन्द्रीय पार्षद्, नेपाल पत्रकार महासंघ
सदस्य, दक्षिण एसियाली क्षेत्रीय पत्रकार संघ
प्रकाशित कृतिहरु :
शोकाञ्जली (२०४८)
इतिहासको यस घडिमा (२०५५)
बन्दी र चन्द्रागिरी (२०५७)
सम्पादन:
कलम साहित्यिक त्रैमासिक,
जनादेश साप्ताहिक,
जनदिशा दैनिक, योजना आदि
पुरस्कार :
साहित्य सन्ध्या (२०५७)
पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९)
कृष्णमणि साहित्य पुरस्कार (२०५९)
प्रगतिशील साहित्य पुरस्कार (२०६१) मरणोपरान्त
प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त
जेल जीवन :
दाङ कारागार (६ वर्ष)
बन्दीगृह (१ वर्ष)
सिराहा र राजविराज (२ वर्ष)
शहादत : वि.सं. २०५९ जेठ १३
(महेन्द्र पुलिस क्लबको हिरासतमा)
शहादतपछि प्रकाशित कृतिहरु :
कृष्ण सेन ‘इच्छुक’ स्मृति ग्रन्थ
इच्छुक रचनावली भाग १,२,३
कवि इच्छुक कविताका सन्दर्भमा
आस्था र निष्ठाका शतिसाल इच्छुक ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here