सहभागीता नम्बर १३ सुशीला ढकाल अधिकारी

266

गजल १
यो पापी कोरोना किन आयो नेपालमा
सबै जनाको दिमाग खायो नेपालमा ।

अनौठो लाग्छ देख्दा अनि सुन्दा मलाई
यसले के मीठो खान पायो नेपालमा ।

ख्यालख्याल गर्दा गर्दै नजिक आएर
माया अनि पिरती त लायो नेपालमा ।

पूर्व मेची देखि पश्चिमी महाकाली
नै हेर्दा हेर्दै सबैतिर छायो नेपालमा ।

अरु विकसित राष्ट्रहरु छोडी छोडी
के खान पाउँछु भनी धायाे नेपालमा ।

गजल २

त्याे रात कस्ताे थियाे खै बुझ्न सकिन
अनायासै आइदियौ खुल्न सकिन।

सपनीमा नै अँगालेर निदाउँदा
सिरानी भिज्याे आँसुले पुछ्न सकिन।

ती धेरै तिम्रा सम्झनाका पलहरु
मनमा आइरहन्छ भुल्न सकिन।

तिम्राे यादले छट्पटाएकाे त्याे रात
तिमीसँग साथ लिई डुल्न सकिन।

तिम्राे माया काँडा बनी मुटुमा बिझ्दा
कुनै पल तिमीसङ्ग छुट्न सकिन।

सुशीला ढकाल, अधिकारी गाेरखा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here