सहभागीता नम्बर २६ प्रशान्त डंगोल ।

341

गजल १
बेग्लै संसार पुर्याउंला तिमी बाेलन केही
प्रेमकाे पर्दाले धाकुंला निस्फिक्रि खाेलन केही

तिमी बेमौसमी भैदिन्छाै म कञ्चन सदैब
प्रशान्त सागरमा रङ्ग तिमी घाेलन केही

याे संसारमा नाप्न नमिल्ने के नै छर प्रिय
शंका लागे मेराे माया तुलाेमा ताैलन केही

तलैयाकाे भेल छलेर फुलेकाे कमल हाै
मयल तासको हाेला घस्रेर माेलन केही

प्रतिक्षारत भेलाइनताइन अाउने अासमा
सन्ध्या टुकी बाली गुन्द्रुक सिन्की पाेलन केही

अनि सिंहले मृग सिकार गर्न झम्टेसरि
मेराे सरिरका अङ्ग माथि बेलन केही

गजल २

एक ठुङ्गा फुलले पनि बगैँचा बन्न सक्छ
चित्तधर हृदय नेपाल साहित्य खन्न सक्छ

तिमीले ठुपारेका नेपाली माटो के कुरा गर्छाै
वैज्ञानिक हाैं हावाका कण पनि गन्न सक्छ

फुटाउने र राज गर्ने मन्त्र नजप छिमेकी
तिम्रो भुत र भविस्य धरति चिरि भन्न सक्छ

तिमी नासवान सरिकाे रवाफ नदेखाउ
तिमिलाई थेगान लगाउन काेठे गुन्न सक्छ

बिर,धिरका सन्तती हाैं नेपाली हामी अझै
एक गङ्गालाल शुक्रराज सास्त्री चुन्न सक्छ

प्रसान्त डंगोल, टाेखा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here