सहभागीता नम्बर २४ शिव शर्मा ।

271

साथी, बुझ्दैनौ तिमीले मेरो कथा, शिर्षक अर्कै छ ।
भाग्य जोख्ने तराजु एउटै हो,तर ढक अर्कै छ।

कोही खोज्दैन जिन्दगीमा प्राबिधिक समस्याहरु।
फरक जीवनको भार उठाउने उत्तोलक अर्कै छ ।

गजल नसम्झ त्यो केटीलाई,मेरो दुखको कथा हो।
खाममा मेरो नाम लेखियो ,तर प्रापक अर्कै छ।

जून सग दाज्न थाल्यौ आफुले आफैंलाई नै तिमी ।
पक्कै दाग लगाइछ्यौ ! आजभोलि चमक अर्कै छ।

लेखेर देखायौ चरित्र सावित्री र सत्यवानका ।
मलाई थाहा छ,पर्दा पछाडिको साधक अर्कै छ।

गजल १
विकल्प रोज्नू,कि भोकै बस्नुपर्छ कि खाना बनाउनुपर्छ ।
चरी समात्नेले अलिकति चारो र दाना बनाउनुपर्छ ।

मृत्युको क्रुर विभीषिका चाहन्छ लाचार बाबु त्यतिबेला ।
जब सन्तानको इच्छा टार्न अनेक बहाना बनाउनुपर्छ।

विनाशकारी आणविक राक्षसी मुहार मूल्यहिन हुँदा ।
प्राकृतिले आफैं कुँदेर आकर्षक खजाना बनाउनुपर्छ ।

प्रश्न गर्न मन छ,अर्को ग्रहको मानव बस्ती खोज्नेलाई ।
प्राणी अस्तित्व मेटिँदा कहाँ हाम्रो ठेगाना बनाउनुपर्छ ।

मझेरीमा नै आफ्नो टाउको सुरक्षीत बनाउने हो भने ।
वर्षा अगाडि आफ्नो घरको चुहिने छाना बनाउनुपर्छ ।

गजल २
साथी, बुझ्दैनौ तिमीले मेरो कथा, शिर्षक अर्कै छ ।
भाग्य जोख्ने तराजु एउटै हो,तर ढक अर्कै छ।

कोही खोज्दैन जिन्दगीमा प्राबिधिक समस्याहरु।
फरक जीवनको भार उठाउने उत्तोलक अर्कै छ ।

गजल नसम्झ त्यो केटीलाई,मेरो दुखको कथा हो।
खाममा मेरो नाम लेखियो ,तर प्रापक अर्कै छ।

जून सग दाज्न थाल्यौ आफुले आफैंलाई नै तिमी ।
पक्कै दाग लगाइछ्यौ ! आजभोलि चमक अर्कै छ।

लेखेर देखायौ चरित्र सावित्री र सत्यवानका ।
मलाई थाहा छ,पर्दा पछाडिको साधक अर्कै छ।

शिव शर्मा टाेखा १, काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here