काठमाडाैं । नेपाली साईकल यात्री देवेन्द्र बस्न्यातले नेपालको दोलखा देखि दिपायल सम्मको साहासिक एकल साईकल यात्रा सुरु गरेका छन।
उनले राज कुलेश्वर स्कूल दोलखा र बहादुर खडका स्मृति पुस्तकालय डडेल्धुरालाई सहयोग जुटाउन सो यात्रा सुरु गरेका हुन। शिक्षाकालागि पाईडल अभियानको तेस्रो दिन काठमाडौ देखि हेटौंडा सम्मको यात्रा प्रख्यात कलाकार हरिबंश आचार्य, पूर्व मन्त्री गगन थापा र क्याप्टेन बिजय लामाले सुभारम्भ गरेका थिए। ।
प्रख्यात कलाकार मदन कृष्ण श्रेष्ठको पनि उपस्थिति रहेको कार्यक्रममा पूर्व मन्त्री गगन थापा, साँसद राधा घले,क्याप्टेन बिजय लामा लगायतले यस अभियानका लागि १ लाख ५० हजार रुपैंया सहयोग प्रदान गरेका थिए। यो अभियान अन्तर्गत अाज बिहान हेटौंडामा कार्यक्रम हुने भएको छ।

















