एजेन्सी । आगामी टोकियो ओलम्पिकको टर्च रिले आगामी चैत्र १२ गते सुरु हुने भएको छ। जापानको फुकुसिमा स्थित ग्रामिण तालिम केन्द्रबाट टर्च रिलेको सुरुवात गरिदैंछ। कोरोना भाईरसको सक्रमणको डरले पहिलो दिन शुभारम्भ कार्यक्रममा सर्वसाधारणलाई प्रवेश दिईने छैन भने सिमित व्यक्तिलाई मात्र आमन्त्रण गरिएको छ।
जापानी महिला राष्ट्रिय फुटबल टिमका सदस्यहरुद्वारा ओलम्पिक टर्च परिक्रमा कार्यक्रम सुरु गरिनेछ।
जापानमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म ओलम्पिक खेल हुने कार्यक्रम रहेको छ। यसैगरी अगष्ट २४ तारिखदेखि सेप्टेम्बर ५ तारिखसम्म पारा ओलम्पिक हुने कार्यक्रम निर्धारण भैसकेको छ।।


















