गृहमन्त्रीकाे राजिनामा माग्ने क्रम जारी

23

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको बैठक बसेको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सहभागी छन् ।

रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार बैठकमा सहभागी छन् । दुई पक्षबीच संसद्को‌ गतिरोधका विषयमा छलफल भएकाे छ ।

संसद् भवनमा दुई पक्षबीच संवाद भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । संसद् भवनको शंकर हलमा दुई दलका नेताको बैठक भएको उनले जनाए।

भिजिट भिसा प्रकरणमा रास्वपा लगायतका प्रतिपक्ष दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन् । सत्तापक्ष कांग्रेस र एमाले भने गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने अडानमा छन् ।

संसद्‌मा बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलले संसद् बैठक सञ्चालन भने हुन दिइरहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here