दुई युवती प्रहरीद्वारा बलात्कृत, कारबाहीको माग गर्दै प्रदर्शन

133

नवलपरासी / पश्चिम नवलपरासीको सुनवलमा बालत्कारमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दे प्रदर्शन भएको छ।

सुनवलस्थित दंगा नियन्त्रण प्रहरी कार्यालयका दुई प्रहरीले स्थानीय दुई युवती र किशोरीलाई बलात्कार गरेको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै आइतबार स्थानीयले प्रदर्शन गरेका हुन्।

एक महिनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारबाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन गरेका हुन्।

बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुबै प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो। निलम्बन पर्नेमा दंगा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादव छन्।

उनीहरु दुवैलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी बताए घटना गत वैशाख १ गतेको हो। गण नजिकैको जंगलमा घाँस काट्न गएका एक किशोरी र एक युवतीमाथि प्रहरी जवानद्वयले बलात्कार गरेको आरोप छ। घटना भएलगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरीकहाँ उजुरी दिएको आफन्तले जनाएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here