सरकारले प्यानबिना ३ हजारसम्मको भुक्तानी खर्चमा देखाउन पाइने

88
काठमाडौं- सरकारले ३ हजार रूपैयाँसम्मको भुक्तानी स्थायी लेखा नम्बर (प्यान) बिना नै गर्दा खर्च लेख्न सकिने व्यवस्था गरेको छ। १ हजार रूपैयाँभन्दा धेरैको भुक्तानी प्यानबिना गर्दा खर्च लेख्न नपाइने व्यवस्थामा सरकारले थोरै राहत दिएको छ।
आर्थिक ऐनमार्फत आयकर ऐनमा संशोधन गर्दै सरकारले कट्टी गर्न नपाउने खर्चमा ‘पटके प्रकृतिको तीन हजार रूपैयाँसम्मको ज्याला भुक्तानीबाहेक स्थायी लेखा नम्बर नलिएका कर्मचारी तथा कामदारलाई वितरण गरेको पारिश्रमिक र ज्याला खर्च,’ भन्ने व्यवस्था गरेको छ।

यसअघिको व्यवस्थाअनुसार ‘स्थायी लेखा नम्बर नभएका कर्मचारी तथा कामरदारलाई वितरण गरेको पारश्रमिक र ज्याला खर्च’लाई कट्टी गर्न नपाउने खर्चका रूपमा व्यवस्था गरिएको थियो। यसमा सरकारले ३ हजारको सीमा तोकिदिएको छ।

सरकारले निजी क्षेत्रसँगको सहमतिअनुसार प्यान नलिएका व्यक्तिलाई २ हजारसम्मको भुक्तानीलाई खर्चको रूपमा गणना गर्ने र त्यसभन्दा धेरै रकमलाई नमान्ने व्यवस्थालाई पनि आर्थिक ऐनमा समेटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here