काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।
कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।
राष्ट्रपति ट्रम्पले डब्लूएचओले सुरुमै कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल रहेको आरोप लगाउँदै डब्लूएचओसँगको सम्बन्ध तोड्ने घोषणा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लएचओ चीनको ‘कठपुतली’ बनेको आरोप लगाएका छन् ।
शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’ ट्रम्पले अगाडि भने, ‘डब्लूएचओ पूर्ण रुपमा चीनको नियन्त्रणमा रहेको छ । जबकि उसले अमेरिकाको तुलनामा अत्यन्तै थोरै सहयोग गर्दै आएको छ ।’


















