संविधान संशोधनको मुद्धामा विगतमा कांग्रेस समेत सहमत भएकाले मुद्धा छोड्न नहुने तर्क राखिएको थियो। मधेशबाट प्रतिनिधित्व गर्ने प्रदीप गिरिले संविधान संशोधन नक्सामा मात्रै हुन नहुने जनाए । गिरिले मधेशवादी दलको साथमा उनीहरूले उठाएका संशोधनको प्रस्ताव पनि सँगै संशोधन हुनुपर्ने बताएका थिए । युवा पुस्ताका गगन थापा र प्रदीप पौडेलले सर्वसहमतिले संविधान संशोधनको प्रस्ताव निर्णय गर्न सुझाएका थिए। निर्णय गर्न विलम्ब गर्न नहुने उनीहरूको मत थियो।
केही नेताले पदाधिकारी बैठकले निर्णय नगरी किन केन्द्रीय समितिको बैठकमा छलफल गराउन परेको भन्दै नेतृत्वलाई प्रश्न पनि तेर्साएका थिए।
सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले केन्द्रीय समितिको बैठकबाट निर्णय गराउनु उपयुक्त हुने जानकारी दिए । संविधान संशोधनको प्रस्तावको कार्यसूची कांग्रेसका कारण हटेको आरोप लागेपछि कांग्रेसलाई निर्णय गराउन दबाब समेत परेको थियो।

















