जसपाको संविधान संशोधन विधेयक संसदमा दर्ता

159

काठमाडौं – राजपा-समाजवादी पार्टीको  नेपालको संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता भएको छ ।

संघीय संसद विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालले संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ रहेको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको जानकारी दिए ।

संविधान संशोधन विधेयक दर्ता गर्नका लागि राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादव लगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका थिए । यो विधेयक गैरसरकारी विधेयकको रूपमा दर्ता भएको हो ।

राजपा-समाजवादी पार्टीले एकता घोषणा गरेर जनता समाजवादी पार्टी गठन गर्ने घोषणा गरेका छन् । त्यसले कानुनी मान्यता नपाइसकेकाले दुई दलका करूपमा उक्त विधेयक दर्ता भएको हो ।

यसअघि शुक्रबार राजपाले एकल रूपमा संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन खोजेको थियो । उक्त विधेयक संसद सचिवालयले अध्ययन गर्ने भनेपछि राजपाले फिर्ता लिएर समाजवादीसँग मिलेर नयाँ विधेयक लिएको थियो ।

संविधान (दोस्रो संशोधन) विधेयकको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here