काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले प्रतिनिधि सभाको शून्य समयमा नबोलेरै ब्यङ्ग्य गरेका छन् ।
विगतमा संसदमा उठेका विषयहरुको सम्बोधन नभएको भनी सरकारलाई खबरदारी गर्दै आएका कांग्रेस सांसद गौतमले बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समय लिएर नबोलेरै समय व्यतित गरे । सांसद गौतम नबोलेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने । तर, फेरि पनि सांसद गौतम बोलेनन् ।
शून्य समयमा एक मिनेट समय निर्धारण गर्ने अभ्यास छ । नबोलेरै ब्यङ्ग्य गरेपछि कतिपय सांसदले टेबुल ठोकेर सांसद गौतमको विरोध र ब्यङ्ग्यप्रति समर्थन जनाए ।


















