३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

89

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, १५ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरेर पाँच हजार ३७६ जनाको परीक्षण गर्दा कुल ३८ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा २६९ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

अहिले देशभर २४ हजार ४५३ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ९७ हजार ३०६ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here