नेपालको लागि १ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत

202
काठमाडौं – नेपालको लागि १ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै १२ अर्ब रुपैयाँ  ऋण स्वीकृत गरिएको छ ।
विश्वबैंकले स्वीकृत गरेको यो ऋण डेभलपमेन्ट इन्भेष्टमेन्ट क्रेडिट योजना अन्तरगत नेपालले पाउने भएको हो ।
 नेपालको विद्युत विकास र कोरोना भाइरसविरुद्धको क्रियाकलापको लागि विश्वबैंकले ऋण रकम स्वीकृत गरेको जनाएको छ ।
यो ऋण सहायताबाट नेपालको विद्युत सेवा भरपर्दो र सुरक्षित बनाउने तथा क्षेत्रीय व्यापारमा सहयोग पुग्ने विश्व बैंकको दावी छ । यस्तै स्थानीय सरकारलाई भरपर्दो बिजुली वितरणको लागि सक्षम बनाउने कार्यक्रम पनि सञ्चालन हुनेछ ।
संकटको बेलामा पनि नेपालको बिजुली प्रवाहको अवस्था सुधार हुँदै गएको र यसलाई थप भरपर्दो र दीगो बनाउनको लागि विश्वबैंकले ऋण लगानी गरेको विश्वबैंकका नेपाल देशीय निर्देशक फारिस हजाड जार्भोसले बताए ।
नेपालको ८८ प्रतिशत जनसंख्यामा बिजुली पुगेको र बिजुलीको उत्पादन बढ्दै गएकाले क्षेत्रीय व्यापारका लागि अन्तरदेशीय प्रशारणलाइन बनाउन जरुरी रहेको पनि विश्वबैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here