सरकारले कोरोना नियन्त्रणमा चालेकाे कदमप्रति राप्रपा असन्तु्ष्टी

189

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोनाको समयमा भएका भ्रष्टाचारदेखि राष्ट्रपति कार्यालयको खर्चसम्ममा प्रश्न उठाएको छ। राप्रपाले कोरोना नियन्त्रणका सम्बन्धमा सरकारले गरेको काम कारबाहीप्रति सन्तुष्टी जनाउने ठाउँ नरहेको टिप्पणी गरेको छ।

कोरोनाविरुद्ध सरकारले लकडाउनको नीति अपनाएर ठिकै गरेपनि दुई महिना बितिसक्दा समेत अन्य कार्ययोजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकाले कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना गरेको राप्रपाको ठहर छ।

राप्रपाले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी उच्चस्तरीय समितिको काम एक जना कर्मचारीबाट दैनिक कोरोना संक्रमित बढेको सूचना दिनुबाहेक अन्य नदेखिएको टिप्पणी गरेको छ।

राप्रपाले सरकारलाई कोरोना नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामबारे पनि सुझाव दिएको छ। राप्रपाले महामारीको समयमा राष्ट्रपतिलाई करोडौंको कार्पेट र सजावट गर्ने तयारी पनि तत्काल स्थगित गर्न माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here