चितवन – राष्ट्रिय पुनर्जागरण अभियान, नेपाल चितवनले एमसिसीको बिरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । एमसिसी सम्झौता गरे अमेरिकी सेनाको सैन्य अखडा बनाउने भन्दै त्यसलाई कार्यान्वयन नग्र्न माग गरेको छ । चीन लगायत इन्डिया र अन्य उदांउदा एसियाली राष्ट्रमा अर्को युद्द निम्त्याउने खतराको भएको भन्दै जागरणकालागि मसाल जुलुस प्रदर्शन गरेको अभियानका केन्द्रीय सदस्य नारायण दवाडीले भने ।
जिल्ला अध्यक्ष नवीन गैरेले खुल्ला सिमाना बन्द हुनुपर्ने, राजनैतिक हस्तक्षेप बन्द हुनु पर्ने भन्दै कार्यक्रम गरिएको जनाए । भारतीय पक्षबाट हुँदै आएको अतिक्रमण र घुसपैठ रोक्नुपर्ने, बेरोजगारलाई रोजगार दिनुपर्ने, नेपाली किसानको उत्पादनको बजार ग्यारेन्टी गर्नुपर्ने, सरकारी स्कुललाई क्वारेन्टाइन बनाएर निजि स्कुल चलाउने षड्यन्त्र बन्द गर्नुपर्ने लगायतका मुद्दामालाई पनि समेटेर मशाल जुलुस गरिएको अभियानका सदस्य रमेश गैरेले जनाए ।


















