लकडाउन खोलेपछि ब्राजिलमा महामारी

111
एजेन्सी –  विश्वभर कोरोना संक्रमितको संख्या ६८ लाख ५० हजार २७४ पुगेको छ ।

शनिबारसम्म ३ लाख ९८ हजार २४४ जना पुगेका छन् । अहिले ३१ लाख ७८१ मानिस बिरामी नै रहेका छन् भन ३३ लाख ५१ हजार २४९ जना निको भएर घर फर्किएका छन् ।

यीमध्ये ५३ हजार ६१६ जना गम्भीर अवस्थामा उपचार गरिरहेका छन् । यसैबीच लकडाउन खोल्ने निर्णय गरेको ब्राजिलमा कोरोना महामारी उत्कर्षमा पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा एक हजार ४७३ जनाको मृत्यू भएको छ । साथै, यहाँ इटलीमा भन्दा धेरै मानिसको मृत्यू भएको छ ।

इटलीमा ३३ हजार ७७४ जनाको मृत्यू भएको छ भने ब्राजिलमा ३५ हजार ४७ जनाको मृत्यू भएको छ ।