सहभागीता नम्बर २९ इन्द्रमान महर्जन ।

288

गजल १

के फाइदा आज भयो हरपल देश लुटिन थालेपछी
ब्यर्थै बित्यो जिन्दगी गणतन्त्र भनेर कराउन थालेपछी

फाइदा उसैको छ आज जसलाई हिजो आफ्नो सन्तान सरी पालेपछी
न त्यो सन्तान सन्तान भयो हेर्दाहेर्दै आफ्नो आमालाई आज फालेपछि

आउ बचाउन देश भन्दै जब नवजवान कराउन थालेपछि
हिजोका ती गणतन्त्रका झण्डाहरु हेर्दाहेर्दै एकाएक ढल्न थालेपछि

हिजो खोजिएका गणतन्त्रवादमा एकाएक भएकाले गोली बर्साउन थालेपछि
फाइदा तिनैको भयो जसले आफ्नै आमाको बलात्कारमा सन्तान उभिन थालेपछि

गजल २

प्रेम आफैमा कथा थियो हिजो गर्न पनि लजाउँथे नभन्दै उमेर बढ्न थालेपछि
आज प्रेम आफै लजाउँछ हेर्दाहेर्दै समाज एकाएक ऐना हुन थालेपछि
गल्ली र गल्ती सुनसान हुन्थ्यो हिजो जब रात बिना टुकि जस्तै जल्न थालेपछि
आज होहल्ला मचिन्छ त्यहि गल्ली र गल्ती भित्र बत्ती बिना बिजुली आफै जल्न थालेपछि
फाइदा उसैको छ आज सन्तान आफैमा निसन्तानको बुबा बन्न थालेपछि
अधिकार उसैको छ आज जसको शक्ति र सम्पत्तिमा दुनियाँ चल्न थालेपछि
हिजो सम्बन्ध एकै रथका दुई पाँग्रे भन्थे शब्द आफैमा: निशब्द हुन थालेपछि
त्यही प्रेम पनि आफ्नो हो भन्न डराउँथे जब परिवारले हेर्न थालेपछि
त्यो प्रेम आफैमा कथा थियो हिजो गर्न पनि लजाउँथे नभन्दै उमेर बढ्न थालेपछि
आज प्रेम आफै लजाउँछ हेर्दाहेर्दै समाज आफैमा एकाएक ऐना हुन थालेपछि
इन्द्रमान महर्जन, मैतिदेवी, काठमाडाैं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here