काठमाडौं– अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकारहरुको १ लाख रुपैयाँ बिमाङ्क बराबरको कोरोना बीमा गरिएको छ ।
अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको हो ।
यो बीमा कार्यक्रमका लागि संघका सदस्यहरुले बीमाशुल्क तिर्नुपर्नेे छैन । अनलाइन पत्रकार संघ र फ्रिडम फोरमको सहकार्यमा फोरमले बीमा शुल्क तिरेर बीमा कम्पनी शिखर इन्स्योरेन्समा बीमा गराइएको हो ।