वाणिज्य बैंकका देशभरका शाखा खुला हुने

260

काठमाडाैं – राष्‍ट्रिय वाणिज्य बैंकले आजदेखि देशभरका शाखाहरू खुला हुने भएको छ।

बैंकले एक सूचना जारी गर्दै कोभिड-१९ महामारीका कारण बन्द रहेका शाखा कार्यालयहरू खुला गर्ने जनाएको छ।

बैंकका सबै शाखा कार्यालयहरू हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने सूचनामा जनाइएको छ।

उपत्यकाबाहिरका शाखाहरूको हकमा भने सम्बन्धित स्थानीय तह र प्रशासनले जारी गरेको तालिका अनुसार खुला गरिने राष्‍ट्रिय वाणिज्य बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here