काठमाडौं – सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति असन्तुष्टि प्रकट गर्दै विरोधमा उत्रिएका सर्वसाधारणलाई दमन गर्न बल प्रयोग गरेर नियन्त्रणमा लिने प्रयास गरिएको छ ।
कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध सर्वसाधारण विरोधमा उत्रिएका हुन् ।
प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्यास प्रहार भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ । दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो ।


















