काठमाडौं – देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी पास गर्नखोज्ने प्रधानमन्त्री केपी ओली राष्टका नालायक दलाल भएको गम्भीर आरोप लगाएका छन् ।
मोर्चाले माईतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले राष्टको सार्वभौमत्ता, अखण्डतालाई र नेपालीहरुको स्वाभिमानलाई डलरमा बेच्न खोज्ने ओली राष्ट्रका नालायक दलाल भएको आरोप लगाएका हुन् ।




उनले ओलीको क्वारेण्टाईन कोरोनाको गुँड भएको पनि टिप्पणी गरे । गजुरेलले भने,’उनी जनताको जीवनमाथि खेलवाड गर्ने अपराधिको रुपमा गनिँदैछ्न्, देश र जनतालाई बन्धकीमा राखेर रातारात करोडपति हुनेहरुको सम्पत्तिको छानविन देशभक्त जनगणतान्त्रिक मोर्चाका गर्नेछ ।’
गजुरेलले भने,’यो सरकार पाहुनाको रुपमा गैसकेको भन्दै अमेरिकी सैनिक संगठनले तयार पारेको एमसीसी पास भयो भने अमेरिकी सैनिकहरुले यो देशका तीनै अंगका नेपाली सुरक्षा निकायहरुलाई लकडाउनमा राखेर शासन गर्नेछ ।


















