सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत

331
काठमाडौं – संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले खारेज गरेका छन् ।
शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख सापकोटाले नेकपाका अधयक्ष पुष्पकमल दाहाललाई बोल्न समय दिएका थिए ।
सांसद गिरी उठेपछि सभामुख सापकोटाले संशोधन अस्वीकृत भएको भन्दै गिरिलाई समय दिएनन् ।
सभामुख सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए । प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको उनले बताए ।
आफ्नो संशोधन प्रस्ताव अस्वीकृत भएपछि सांसद गिरी बैठकबाट बाहिरिएकी छिन् ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सालाई निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here