सांसद जिवनराम श्रेष्ठद्वारा कामनपाका विभिन्न योजनाहरुको निरीक्षण

283

काठमाडाैं – काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य सांसद जिवनराम श्रेष्ठले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रहेका काठमाडौं महानगरपालिका (कामनपा) विभिन्न योजनाहरुको जेठ ३१ गते  निरीक्षण  गरेका छन।

सांसद श्रेष्ठले वडा नं १५ का जगतसुन्दर बोनेकुथि अगाडिबाट झोलुङ्गेपुल जाने मुख्य सडकमा आकाशे पुल, चमती Q ब्लक र अर्को पार्कमा निर्माण भईरहेको परम्परागत शैलीको जेष्ठ दिवा विश्राम भवन, श्रीकृष्ण कुन्जको भवनमा तल्ला थप, बिजयश्वरीस्थित चमती पार्क निर्माण र कामपा वडा नं. १९ मा इन्द्र सभा सामुदायिक भवन निर्माणको निरीक्षण गरेका थिए।

श्रेष्ठले स्थानीय जनताको सक्रियतामा भईरहेको कार्य को प्रशंसा गर्दै  महानगरपालिकाकाे गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिएका थिए ।  उनले आ व २०७७ /७८ को बजेट बाट अपुर्ण योजनालाई पुरा गर्ने र नयां योजना जनताको माग अनुसार छनौट गर्ने जनाउँदै सांसद श्रेष्ठले क्षेत्रवासी संग सुझावका लागि अनुरोध गरेका छन् ।

इन्द्र सभा भवन उपभाेक्ता समितिकाे ७५ प्रतिशत काम सकिएकाे बाँकी काम अहाेरात्र भइरहेकाेले निर्धारित समयमै  सम्पन्न गर्ने  लक्ष्य रहेकाे समितिका अध्यक्ष प्रतिक खड्गीले जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here