निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरू

93

काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरू हुने भएको छ।  यही माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ।

रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।  निर्वाचन आयोगले आज राति १२ बजेदेखि मौन अवधि सुरू हुने भएकोले यो अवधिमा निर्वाचनसम्बन्धी प्रचारप्रचार नगर्न आग्रह गरेको छ।

मौन अवधिमा उम्मेदवारले भोट माग्न र प्रचारप्रसार गर्न नपाइने पनि आयोगले जनाएको छ।  सत्तारूढ पाँच गठबन्धन, नेकपा एमालेसहित १२ राजनीतिक दलले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने भएका छन्। १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।  मौन अवधिभन्दा अघि चुनाव चिन्ह र प्रसारप्रसारका सामग्री हटाउनुपर्ने हुन्छ।

मतदान स्थलभन्दा ३ सय मिटर वरपर प्रचार सामग्री राख्न नपाइने भएको हो।  सञ्चार माध्यमबाट पनि प्रचारप्रसार गर्न पाइने छैन। राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सांसद गरी २०२५ जना मतदाता छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here