भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु, दुई जना गम्भीर

52

भक्तपुर । भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले जनाएका छन्। रामेछाप मन्थली नगरपालिका घर भई सो ठाउँमा ३० वर्षीय अभिषेक रम्तेल, उनकी श्रीमती २८ वर्षीया पसुना तामाङ र तीन महिने छोरा गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा बस्थे।

उनीहरू दुई वर्षदेखि त्यहाँ डेरा गरी बसेका थिए। उनीहरू सामान्य खेती किसानी गर्थे।

शनिबार बेलुकी खाना खाएर उनीहरूले कोठामा आगो तापेर सुतेका थिए। तर आइतबार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो।

प्रहरीले झ्यालबाट हेर्दा उनीहरूलाई अचेत अवस्थामा देखेपछि तत्कालै मध्यपुर अस्पताल लगिएको थियो।

‘अचेत अवस्थामै हामीले अस्पताल पुर्‍याएका थियौं। अहिले पनि होस आइसकेको छैन। अवस्था एकदम गम्भीर छ,’ प्रहरी नायब उपरीक्षक पाण्डेले भने।

उपचारको क्रममा बिहान तीन महिने छोराको मृत्यु भएको हो। श्रीमान र श्रीमतीको मध्यपुर अस्पतालमा उपचार भइरहेको परिसरले जनाएको छ।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। मृतकका परिवारहरू पनि अहिले सम्पर्कमा आइनसकेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here