भारतमा दुई हजार बढी कोरोना संक्रमितको मृत्यु

89

एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण भारतमा एकै दिन दुई हजार बढी मानिसको मृत्यु भएको छ। भारतमा एकै दिन यति धेरै संख्यामा कोरोनाका कारण मृत्यु भएको यो पहिलो पटक हो।

गत २४ घन्टामा कोरोना कारण भारतमा २ हजार ३ जनाको मृत्यु भएको हो। योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ। हालसम्म भारतमा ३ लाख ५४ हजार ६५ जना संक्रमित भेटिएको बिबिसीले उल्लेख गरेको छ।

महाराष्ट्र सबैभन्दा धेरै कोरोनाबाट प्रभावित भएको छ। महाराष्ट्रमा मात्र १ लाख १३ हजार ४ सय ४५ संक्रमित भेटिएका छन्। जसमध्ये ५ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ।

कुल संक्रमितमध्ये भारतमा हालसम्म १ लाख ८६ ९ सय ३४ जना उपचारपछि निको भएका छन्।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अमेरिका, ब्राजिल र रुसपछि भारतमा धेरै संख्यामा संक्रमित भेटिएका छन्। भारतमा लकडाउन केही खुलुकलो बनाइएको छ। प्रतिबन्ध खुकुलो बनाउँदा नै संक्रमण नियन्त्रण गर्न गाह्रो हुने विज्ञहरुको आशंका छ।

हालसम्म ९ सय ७ वटा प्रयोगशाबाट ५९ लाखभन्दा बढी परीक्षण गरिएको भारत सरकारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here