काठमाडाैं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा नेपाल कम्युनिष्ट पार्टी एमाले कामपा महानगर कमिटी बृहत कार्यकर्ता भेला सम्पन्न गत शनिवार भव्य रूपमा राष्टिय सभा गृहमा शनिवार सम्पन्न भयाे ।
साे कार्यक्रमका विशेष अतिथि कामपा प्रमुख विद्या सुन्दर शाक्य, पूर्व मन्त्री कृष्ण गाेपाल श्रेष्ठ, पुर्व मेयर केशव स्थापित उपस्थिति जनाएकाे कार्यक्रममा प्रमुख अतिथी केपी शर्मा ओलीले छिमेकी देश चीन, भारतसँग सीमा बिवाद नरहेको जनाउँदै कसलाई खुशी बनाउनको लागि सीमा विवाद किन समिति बनाउनु परेको बारेमा देउवा सरकारलाइ प्रश्न चिन्ह राख्दै सीमा विवाद नरेको तर्क राखे । अहिले चीन भारतसँगको विवाद तनाव ग्रस्त बनाउँदै लगेकाे जनाउँदै कांग्रेस माओवादी सरकारमा रहँदा एमसीसी पास गरेको तर अहिले एमसीसीको विषयमा नबोलेर जनतालाई झुक्याएर पास गर्ने लागेको आरोप लगाउनु भयाे ।

















