काठमाडौं/ गण्डक नहरको इतिहासमै पहिलो पटक ८ सय क्यूसेक पानी बग्यो । भारतीय पक्षलाई निरन्तर दबाब परेपछि यस वर्ष धानखेतीको सिजनका लागि असार २० देखि पानी दिएको भारतले सुरुमै ७ सय क्युसेक पानी आइरहे पनि पर्सादेखि रौतहटसम्मको ८१ किमी लामो नहरका लागि पानी पर्याप्त छैन । बाराको कोतवालीसम्म (६५ किमी) नपुग्दै नहर सुख्खा हुन्छ । भारतले सम्झौताबमोजिम ८ सय ५० क्युसेक पानी दिँदा पनि त्यसले रौतहटबाहेक पर्सा र बारा जिल्लालाई पुग्दैन । यी दुई जिल्लालाई साताको तीन–तीन दिन छुट्याइएको छ । पर्सालाई आइतबारदेखि मंगलबार र बारालाई बिहीबारदेखि शनिबारसम्म पानी वितरण गरिन्छ । बुधबार एकछिन बाटोका लागि छुट्याइएको छ । सन् १९७५÷०७६ मा दुई चरणमा भारत सरकारले नेपाललाई गण्डक नहर हस्तान्तरण गरेको हो ।
८१ किमी लामो यो नहरले पर्सा, बारा र रौतहटको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिञ्चित गर्ने लक्ष्य थियो । तर, भारतबाटै पर्याप्त मात्रामा पानी नछोडे पछि पर्सा र बाराका पूर्वी भेगका केही गाउँमा पानी पुग्दैन । भारतले आपूmलाई पानी पुगेपछि मात्र नेपालतर्फ छाड्ने गरेको स्थानीयको भनाइ छ । गण्डक सम्झौताअनुसार २ हजार ५ सय ५० देखि ६ सय क्युसेक मात्र छाड्ने गरेकोले तराइवासी जनता भारतबाट पीडित बनेका हुन् । यसैबीच गण्डक नहरमा नेपालतर्पm छाडिने पानी नियन्त्रण गर्ने गेटको साँचो ३ वर्षदेखि भारतीय अधिकारीले कब्जा गरेका छन् । गेटको मर्मतसम्भार प्रयोजनका लागि भारतमा गण्डक नहर हेर्ने पश्चिम चम्पारण रामनगरस्थित दोन शाखा नहरका अधिकारीले उक्त साँचो लगेपछि फिर्ता गरेका छैनन् । यसअघि डिभिजन कार्यालयले राख्दै आएको साँचो भारतीय पक्षले मागेपछि मर्मत प्रयोजनका लागि दिइएको फिर्ता भएको छैन ।
पटक–पटक माग्दा पनि भारतीय पक्षले साँचो नदिएको नेपालका सरकारी अधिकारीको भनाइ छ । पानीको मात्राको अनुगमन र नियन्त्रणका लागि सीमा नजिक नहरमा भारतीय भूमिमा रहेको गेट नेपालका लागि संवेदनशील मानिन्छ । उक्त गेटमा नहरमा बग्ने पानीको मात्रा थपघट गर्न सकिने प्रणाली पनि छ । साँचो नभएकोले त्यो भइरहेको छैन । मधेशी जनताका अधिकारका लागि संघर्ष गरेको भनी दाबी गरिरहेका मधेशी दलहरूले भारतको यो मधेशमारा क्रियाकलापको विरोधम कहिलै आवाज उठाएको सुनिएको छैन । यसैले गर्दा मधेशी दलहरूको भारतपरस्त नीति छरपस्ट गराएको छ ।

















