ललितपुर – देशमा हराउँदै गइरहेको लोकबाजाहरुको संरक्षण गर्नका लागि स्थापना भएको श्री जट्टाधारी नित्यनाथ एकिकृत बाजं खलको आयोजनामा दश दिने दृश्य कथामा कार्यशाला लेन्स लेन्स तालिम असोज २० गते बुधबारदेखि शुरु भएको छ ।
असोज २९ गते सम्म सञ्चालन हुने यस तालिम दिउँसो १ देखि अपरान्ह ३ बजे सम्म श्री जट्टाधारी नित्यनाथ एकिकृत बाजा खल टंगल—१२ पाटनमा शुरु भएको हाे ।
बाजं खलः स्थापक अध्यक्षद्वय राजेन्द्र महर्जनका अनुसार लाेक बाजागाजा बाजागाजा संरक्षणका साथै बेराजगारी युवाहरुलाई रोजगारी तथा सीप अभिवृद्धिका लागि तालिम शुरु गरिएको जनाउनु भयो ।
करिव २० जना युवाहरू उत्साहित भइ प्रशिक्षार्थीहरूले कक्षामा सहभागिता जनाएकाे तालिममा अशेष डंगाेल, अनिलकुमार रञ्जित, किशोर महर्जनले तालिममा आवद्ध भएका कक्षा लिइरहेकाे जनाएका छन् ।
























