राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, मेक्सिको, आयरल्याण्ड र नर्वे 

221

एजेन्सी – भारत, मेक्सिको, आयरल्याण्ड र नर्वे संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित भएका छन्।

बुधबार भएको मतदानमा यी चार देशले सुरक्षा परिषदको अस्थायी सदस्यता हाँसिल गरेका हुन् । अझै एक स्थान खाली रहेकाले बिहीबार संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले मतदान गर्ने छन् ।

२०२१–२२ कार्यकालका लागि भारत एसिया प्रशान्त क्षेत्रबाट विजयी भएको हो । नेपालसहित यो क्षेत्रका सबै ५५ राष्ट्रले भारतलाई समर्थन गरेका हुन् । मेक्सिको पनि उत्तर अमेरिकी क्षेत्रबाट सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।

तर अस्थायी सदस्य बन्ने क्यानडाको प्रयास भने असफल रह्यो । आयरल्याण्ड र नर्वेसँग क्यानडा पराजित भएको हो । बाँकी रहेको एक अस्थायी सदस्यका लागि केन्या र जिबुटी प्रतिस्पर्धामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here