कोरोना संक्रमितको संख्या ९ हजार ५ सय नाघ्यो

114

काठमाडौं – नेपालमा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले बितेको २४ घण्टामा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । जसमध्ये ७४ महिला ४६१ जना पुरुष रहेका छन् ।
योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार ५६१ पुगेको छ । जसमा ८९४ महिला र ८ हजार ६६७ जना पुरुष रहेका छन् । योसँगै बाग्मती प्रदेशको रसुवाभन्दा बाहेकका जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here