लकडाउनमा समेत शुल्क बुझाउन निजी विद्यालयहरुको आग्रह (बिज्ञप्तिसहित)

158
काठमाडौं-  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन-प्याव्सन)ले संयुक्त रुपमा बिज्ञप्ति निकालेर अभिभावक सँग लकडाउन अवधिभरको समेत शुल्क भुक्तानी माग गरेका छन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले संयुक्त रुपमा हस्ताक्षर गरेको बिज्ञप्तिमा निजी विद्यालयहरुका हरेक क्रियाकलापका लागि हालसम्म नेपाल सरकाबाट कुनैपनि सहयोग र आश्वशन नभएकाले अहिलेको बिसम परिस्थितीमा अभिभावकहरुलाइ शुल्क भुक्तानी गरेर सहयोग गर्न अनुरोध गरिएको छ ।

अहिलेको अवस्थामा अभिभावकको महत्वपूर्ण भूमिका रहने बताउदै बाँचौ र बचाऔंको मर्मलाई सामाजिक दुरी कायम गर्दै आफ्ना वालवालिकाको अभिलेखिकरण गराउन र २०७६ साल देखि हालसम्मको बाँकी बक्यौत विद्यालयमा बुझाउन विज्ञप्तिमा अनुरोध गरिएको छ । बिज्ञप्तिको अघि भनिएको छ लकडाउनका कारण विद्यालयहरु लगातार बन्द रहँदा आम्दानी शुन्य भएकाले विद्यालयमा आश्रित २ लाखभन्दा बढी शिक्षक कर्मचारी तथा उहाँहरुको परिवारमा जीवन यापनमा समस्या परेको उल्लेख छ ।

त्यस्तै भाडामा संचालन भएका निजी बिद्यालयहरुले भाडा तिर्न नसकेको, बैंकको ऋणका साँवा-ब्याज र किस्ता बुझाउन नसकेकोले मुलुकको शैक्षिक हिस्सा ३० प्रतिशत ओगटेको निजी विद्यालयको अस्थित्वमाथि प्रश्न चिन्ह उठेको बिज्ञप्तिमा जनाइएको छ ।

साथै सरकारले अन्य उद्योग, पर्यटन, होटल र यातायातलाई भने बजेट मार्फत आर्थिक राहतका कार्यक्रम ल्याएको तर निजी क्षेत्रका शैक्षिक संस्थाहरुका माग र अपरिहार्यता बमोजिम राहतका कुनै कुरा बजेटमा समाबेश नभएको जनाइएको छ । तर सरकारले कोरोना भाइरसको माहामारीका कारण सबै बिद्यालय चैतबाटै बन्द रहेकाले कुनैपनि शुल्क नलिन विद्यालयलाई निर्देशन दिएको थियो ।

बिज्ञप्ति


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here