भोज खुवाएर भारतीयले लिए नेपाली नागरिकता

200
जनकपुरधाम – २०६३ सालमा गाउँ—गाउँमा नागरिकता बाँड्ने टोली परिचालन पुग्यो। नागरिकता लिन मानिसको ताँती नै लाग्यो। कोही देशबाट घर फर्किए भने कोही विदेशबाट। भीडमा पसेर नेपालीले मात्रै होइन्, भारतीय नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र लिए। यस्तै भीडमा पस्नेमध्ये थिए, एक सीतामढी मनपौरका एक भारतीय नागरिक। जसले स्थानीय राजनीतिक दललाई मासु रक्सीको भोज खुवाएर नेपाली नागरिकता हात पारेका थिए।
महोत्तरीको तत्कालीन गाविस बिजलपुरा—४ बस्ने अकुवान टोलका ती भारतीय नागरिकको ज्वाँई थिए। ती ज्वाँइलाई नागरिकता दिन राजनीतिक दलका प्रतिनिधि साँक्षी बसे भने, नेपालमा रहका भारतीयका नातागोताले सनाखत गरे। भारतीयलाई नेपाली नागरिक बनाउन आफ्नै छोरा, नाती, काका बनाएर सिफारिस गरेका थुपै्र उदाहरण छन्।
नेपाली चेलीसँग विवाह गरेका ती भारती युवक २०५८ साल तिरबाट ससुराली गाउँमा बस्न थाले। नेपाली चेलीले पहिलो सन्तान छोरी आफ्नै भारतस्थित आफ्नै ससुरालीमा जन्माएकी थिइन्। लामो समयसम्म अर्को सन्तान नजन्मिएपछि श्रीमति लिएर ती भारतीय छोरो पाउने सपना बोकेर बिजलपुरास्थित ससुराली आएका थिए। बिजलपुरा—२ चल्कीस्थित रामजानकी गुठ्ठीको जग्गामा घर बनाएर बस्न थाले। ती भारतीय युवकले परिवार चलाउन कहिले खाजा पसल चलाए भने कहिले मजदुरी गरे।
२०६३ सालमा नागरिकता टोली पुग्दासम्म उनी गाउँभरि नै चिरपरिचित भइसकेका थिए। उनले नेपाली नागरिक बन्न फर्म भरे। ‘भोज खुवाउनु पर्छ, अनि नागरिकता बन्छ’ भन्दै राजनीतिक दलका एक नेताले भारतीयलाई भने। भारतीयले भोज खुवाउने शर्त पूरा गरेपछि कर्मचारी र दलका प्रतिनिधिसँग ती नेताले सेटिङ्ग मिलाए। अनि फर्ममा स्थानीय तत्कालीन सात दलका प्रतिनिधिले ‘भारतीय युवक नेपालमै जन्मिको’ सहरजमिन कागजमा गरिदिएको आजको अन्नपूर्ण पोस्ट्ले खवर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here