काठमाडौं – कोभिड–१९ को महामारी नियन्त्रण तथा रोकथाम र सङ्क्रमितहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयं सेवकमाथि अमानवीय व्यवहार गर्नेहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।
कोरोना नियन्त्रणको अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक र सञ्चारकर्मीलाई घरबाट निकाल्ने, अनावश्यक दबाब दिने, अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरजकुमार शाहीले गृह मन्त्रालयको निर्देशनपछि कानुनविपरीतका कार्य गर्ने र घरभाडामा बसिरहेकालाई अनावश्यक यातना दिनेविरुद्ध उजुरी लिई कारबाहीका लागि सम्पूर्ण प्रहरी कार्यालयलाई परिपत्र गरिएको जानकारी दिएका छन् । गोरखापत्रबाट


















