१ हजार ४ सय ५५ जनाको शव फेला

7

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ०८:०० बजेसम्म १ हजार ४ सय ५५ जनाको शव फेला परेको छ।

जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३ सय ३० र आफन्तका २ हजार ६८ गरी कुल ३ हजार ३ सय ९८ वटा डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ। साथै पहिचान नभएको १ हजार ४ सय २४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय ३४ जना व्यक्तिहरूलाई राखिएको प्रहरीको धारणा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here