एमालेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष अनुपस्थित

122

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासल, ललितपुरमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित छ।

बैठक बोलाउँदाको सूचनामा १४औं केन्द्रीय कमिटीको बैठक भनिएतापनि बैठकस्थलमा राखेको ब्यानरमा भने १०औं केन्द्रीय कमिटी बैठक भनिएको छ। जुन २०७५ जेठ २ पछिको निरन्तरता हो।

नेकपा (माओवादी केन्द्र)सँग एकता गर्नुअघि २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो। वरिष्ठ नेता नेपाल पक्षले पार्टीलाई माओवादीसँगको एकता भन्दा अघिको अवस्थाबाट अघि बढाउन माग गर्दै आएको थियो।

एमाले विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो। साेही अनुसार अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाइएको नेताहरूले दाबी गरेका छन्।

यसबीचमा फागुन २८ देखि हालसम्म एमालेका चारवटा बैठक बसेका थिए। जुन बैठकमा पनि नेपाल पक्ष सहभागी थिएन। त्यसैले नेपाल पक्षले दशौं केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग गर्दै आएको थियो।

शुक्रबार बसेको एमालेको स्थायी कमिटी बैठकले कार्यदले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव ग्रहण गर्दै एकता कार्यदल भंग गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here