मेक्सिकोमा भूकम्प

199

एजेन्सी – ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी भेगमा मंगलबार साँझ साढे ७ बजेतिर ७.५ म्याग्निच्यूडको भूकम्प गएको छ ।मेक्सिकोको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भुकम्पको केन्द्रविन्दु मेक्सिकोको प्रशान्त तटीय राज्य ओक्साका रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

भुइँचालोको कम्पनले केन्द्रविन्दुबाट झन्डै ५ सय किलोमिटर टाढाको राजधानी मेक्सिको सिटीका घरहरू समेत हल्लिएका थिए। मान्छेहरू त्रसित हुँदै सडकमा निस्केका थिए। अहिलेसम्म मेक्सिको सिटीमा कुनै पनि ठूलो क्षति वा हताहतिको खबर नआएको नेपाल समाचार पत्रले प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here