बहाल बस्नेलाई अनावश्यक पिसिआर परीक्षण गर्न दवाव नदिन मन्त्रालयकाे अनुराेध

202

काठमाडौं –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्पयकाका सबै घरबेटीलाई बाहिरबाट आएका आफ्ना डेरावाललाई अनावश्यक पिसिआर परीक्षण गर्न दवाव नदिन अनुरोध गरेको छ।

मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट काठमाडौं भित्रने र डेरा गरी बस्ने मानिसलाई पिसिआर परीक्षण नगरी घरबेटीले घरमा पस्न रोक लगाएको प्रति ध्यानाकर्षण गरेको हो। मन्त्रालयले बाहिरबाट आउनासाथ परीक्षण गर्न नपर्ने स्पष्ट पारेको हो।

मन्त्रालयको नियमित कोरोना बिफ्रिङमा स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले बाहिरबाट आउने बित्तिकै पिसिआर गर्न नपर्ने तर १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताए। उनले उक्त अवधिमा लक्षण देखापरेमा अस्पताल जाने र चिकित्सकको सल्लाहमा मात्र पिसिआर परीक्षण गरिने बताए।

मन्त्रालयले त्यसका लागि उपत्यकाका २ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सबै प्रमुख जिल्ला प्रशासन कार्यलयमा गृह मन्त्रालयबाट समेत पत्राचार भएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here