सहभागीता नम्बर ३१ श्याम माकजू ।

326

गजल-१
सुखको होइन मेरो दु:खको मीत छ।
र पनि रम्न गजल भाखाको गीत छ।

खोली झैँ सुकिन बगिन बगरमा छु
साउन कुर्दै खडेरी पिएको शीत छ।

रसिलो मौसम आयो भन्छन् कहाँ आयो
आफ्नो जीवन सुख्खा भयो यस्तै रीत छ।

मायाको दाउमा चौका लागेन कहिल्यै
दाउ नलागेर नै सधैं तिम्रो जित छ।

जीवन नत अचानो हो , नत ढुङ्गा हो
बुझ्न नसकि बोझिलो हुंदा अहित छ।
(श्याम माकजू झौखेल,भक्तपुर)

 

गजल-२
आज-भोलिको समय यस्तै छ हजुर!
अल्पमै मृत्युको भय यस्तै छ हजुर!

कसैको बानी हुन्न भुल स्वीकारी हाल्ने
दुराचारीको आसय यस्तै छ हजुर!

सोझासिधाको चरित्र माथि खेल खेली
जालि-झेलीको उदय यस्तै छ हजुर!

लगाम नलगाई जिब्रो कुदाउनेको
मुखमा गफ सञ्चय यस्तै छ हजुर!

निर्धन निर्बल फ्याँकिन्छ पतकर झैं
धनाढ्यहरुकै जय यस्तै छ हजुर!

श्याम माकजू झौखेल,भक्तपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here