पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, हवाइ फायरपछि ८ जना प्रहरी नियन्त्रणमा

95

काठमाडौं- कोरोना संक्रमणबाट गएराति मृत्यु भएका पुरुषको शव व्यवस्थापनका क्रममा पोखरामा प्रहरी र स्थानीयबीच झडप भएको छ। झडप नियन्त्रणमा लिनका लागि बिहीबार दिउँसो प्रहरीले हवाइ फायरसमेत गरेको छ।

स्याङ्जास्थित आँधीखोला गाउँपालिका सिरुवारीका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा–३२ मजुवाका स्थानीयले अवरोध गरेका थिए। अवरोध हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो।

प्रहरीले खाल्डो खन्ने क्रममा स्थानीयहरु विरोधमा उत्रेका थिए। शवलाई व्यवस्थापन गर्न स्थानीयले अवरोध गरेपछि झडप भएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी गराए।  स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर समेत गरेको थियो। विरोधमा उत्रेका ८ स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here