कोरोनाका कारण डेविस कप यस बर्ष नहुने

155

डेविस कपलाई विश्व टेनिसको बल्र्ड कपका रूपमा लिइन्छ । सन् २०२० को नोभेम्बमा डेविस कप टेनिसको फाइनल हुनुपर्ने थियो । तर, महामारीका कारण सन् २०२१ को २२ नोम्बरमा डेविस कपको फाइनल हुने नयाँ मिति सार्वजनिक भएको छ । इन्टरनेसनल टेनिस फेडरेसनले शुक्रबार यसको जानकारी दिएको हो । टुर्नामेन्टको भेन्युमा भने कुनै परिवर्तन नभएको फेडरेसनले जनाएको छ । यो म्याड्रिडमै हुने भएको हो । यसमा १८ देशको सहभागिता हुनेछ । २०२० मा टुर्नामेन्टका लागि क्वालिफाइ भएको थियो ।

आईटीएफको एक विज्ञप्तिमा भनिएको छ, ‘प्रतियोगितालाई एक वर्षपछि सार्नु सहज निर्णय होइन । तर, वर्तमान अवस्थालाई ध्यानमा राखेर खेलाडी र स्टेकहोल्डर्सको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय महŒवपूर्ण यो प्रतियोगितामा सारिएको हो ।’

आईटीएफले वल्र्ड गु्रप १ का २४ वटा होम एन्ड अवे स्पर्धा र वल्र्ड गुं्रप २ को ४८ नेसनल टिमबीचको स्पर्धा पनि अर्काे वर्षका लागि सारिएको छ । आईटीएफले यस वर्ष महिला फेड कप पनि नगर्ने भएको छ । यो हंगेरीको बुडापैसटमा अर्काे वर्षको १३ देखि १८ अप्रिलसम्म हुने भएको छ । २०२० को अप्रिलमा हुनुपर्ने महिला फेड कप एक वर्षपछि धकेलिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here