सरकारद्वारा लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय

181
काठमाडौं –  सरकारले आंशिक रूपमा खुला गरेको लकडाउन आगामी ७ साउनसम्म लम्ब्याउने भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म अहिलेकै अवस्थाको लकडाउनलाई लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि ७ श्रावणसम्म नै बन्द गर्ने निर्णय गरेको छ ।
अहिलेकै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिदै काठमाडौं उपत्यकाभित्र केही दिनयता कोभिड–१९ सक्रमितहरुको संख्या देखिदै गएकोले बढ्नसक्ने  परिस्थितिलाई मध्येनजर गर्दै  सो निर्णय लिएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here