आइसोलेसनमा उपचाररत ४४ वर्षीय पुरुषको निधन

71

काठमाडाैं– गोरखामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएकाे छ। गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।

कतारबाट आएका पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको शनिबार बिहान ५:०५ बजे मृत्यु भएकाे हाे। कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि गएराति अस्पताल भर्ना गरिएको थियो। उनी असार १६ गते कतारबाट नेपाल फर्केका थिए।

याेससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने देशभर ३३ जनाकाे मृत्यु भएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here