काठमाडौं – प्रहरीले काठमाडौंका विभिन्न स्थानमा हराएका तथा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ।
आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा हराएका तथा चोरी भएका २० मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको हो। प्रहरीले यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी धनीको पहिचान गरी मोटरसाइकल बुझाएको हो। त्यस्तै मोटरसाइकल भेटिए पनि चोरी गर्ने व्यक्तिहरू भने फेला परेका छैनन्।


















