बदमास म्युजिक भिडियोसहित सार्वजनिक

256
काठमाडौं – युवा गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘बदमास’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ  ।  भीम बिसीको संगीत रहेको गीतमा शब्द विक्रम सुन्दासको छ ।
 गीतको भिडियो दिलिप ओखेडाले निर्देशन गरेका हुन् । गीतमा पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् ।  नृत्य समेत उनकै रहेको भिडियोमा मोडल सोनिका रोकाया तथा दिपेन्द्र सोनाम रहेका छन् ।
उत्सव दाहालद्वारा छायाँंकन गरिएको उक्त गीतको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here