वायुसेवाले ल्यायो ५८ उडानमार्फत १० हजार बढी नेपाली

87

काठमाडौं – नेपाल वायुसेवा निगमले ५८ चार्टर उडानबाट १० हजार बढी नेपालीको उद्धार गरेको जनाएको छ ।

निगमले जुन १४ देखि जुलाई १२ सम्म गरेको ५८ उडानबाट १० हजार ९ सय १२ जना नेपालीलाई स्वदेश ल्याएको जनाएको छ । निगमले दुबई, दोहा, क्वालालम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाकालगायतका गन्तव्यबाट नेपाली ल्याएको जनाएको छ ।

विश्वव्यापी संकटसित जुध्न राष्ट्रिय ध्वजावाहक निगम जोखिम मोलेर अहोरात्र जुटिरहेको र यस्तो अवस्थामा चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here