रु.२ अर्ब ५० करोड बराबरको (रु १,०००।– अंकित मूल्यका २५,००,००० कित्ता)“ १०.२५% सिटिजन्स बैङ्क ऋणपत्र २०८६” मिति २०७६/११/२० गतेदेखि २०७६/१२/०४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋण पत्र बिक्री भएको थियो ।
यसैबीच नेपाल राष्ट्र बैङ्कको नीतिअनुसार सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैङ्कबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगीविकास बैङ्क लिमिटेड (जनकपुर केन्द्रीयकार्यालय रहेको) लाई प्राप्ति गरी मिति २०७७ साल असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ । प्राप्ति पश्चात बैङ्कको कुल शाखा १०९ पुगेको छ । प्राप्ति पश्चात बैङ्कको चुक्तापूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।


















