ग्लोबलका सीईओकाे राजीनामा स्वीकृत

148

काठमाडाैं  – ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुँवरको राजीनामा स्वीकृत भएको छ । साउन १ गतेबाटै लागू हुने गरी उनी पदमुक्त हुनेछन् ।

बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको हो । सीईओ कुँवरले आफ्नो समयावधिभर काम गर्ने इच्छा भएपनि विविध कारणले राजीनामा दिनुपरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले फेसबुक स्ट्याटस लेख्दै भनेका छन्, ‘म मेरो रोजगार सम्झौता अनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्त सम्म नै काम गरेर बैकिङ क्षेत्र मात्र होइन सम्पूर्ण क्षेत्रबाट पूर्णकालिन कामबाट अवकाश लिन चाहन्थेँ तर मानिसहरुका सबै इच्छा र आकांक्षा पुरा हुँदैनन् । म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होइन । जीन्दगीभरी मेहनत गर्ने र मेहनतको फल बापत जे पाएँ त्यसैमा चित्त बुझाएँ । तर मेरो यो आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पीडा हुनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here